काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भोलि पुनः बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा आगामी साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्न छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच दैनिक जसो बैठक भइरहेको छ । मंगलबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । बिहीबार पुनः छलफल गर्ने गरी आजको छलफल सकिएको छ ।