काठमाडौं ।सरकारले नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो तीन बजे बैठक बस्ने तय भएको छ। बैठकमा विभिन्न प्रशासनिक तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने तयारी रहेको जनाइएको छ।