काठमाडाै- माउन्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको आइपिओका लागि आवेदन खुला गर्ने भएको छ । माउन्टेनले म्याग्दी र नुवाकोटका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि साउन ८ गतेबाट आइपिओ खुला गर्ने भएको हो ।
माउन्टेनकाे आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । आइपिओको बिक्री प्रबन्धकमा काम नबिल इन्भेस्टमेन्ट बैंकिङ र सिबिआइएल क्यापिटल छन् । माउन्टेनको आइपिओलाई ‘ग्रेड ४’ रेटिङ दिइएको छ ।
माउन्टेनले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता आइपिओ निस्कासन गर्ने भएको छ ।
