काठमाडौं - नेपालमा शनिबार थप ५ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ५ सय ५४ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ४ सय ३४ जना पुरुष र १ सय २० जना महिला महिला छन् ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
कुल संक्रमितहरूमा १ हजार ३ सय ६९ जना महिला छन् भने १० हजार ९ सय ४० जना पुरूष रहेका छन् । कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ रहेको छ । त्यसमा २ सय ४२ महिला र २ हजार ५ सय ९२ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै १८ महिला र १ सय १८ पुरुष गरी १ सय ३६ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार ७५ हजार ७ सय १२ जना क्वारेनटाइनमा रहेका छन् भने ९ हजार ४ सय ४७ जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २८ पुगेको छ ।