काठमाडाैं -  पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। याे सँगै  नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५  पुगेकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले   देशका बिभिन्न  प्रयोगशालामा गरिएको परिक्षणमा थप ३  सय  ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।  
आज  भेटिएका संक्रमितहरूमा २ सय ८२ जना पुरूष छन्  भने ४९ जना महिला रहेका छन् ।  कुल संक्रमितमा भने  ७ हजार ८ सय ४९ जना पुरुष छन् भने ७ सय ५६  जना महिला रहेका छन्।
यस्तै पछिल्लो बिवरणअनुसार थप १ सय ७६ जना कोरोनाभाइरसका बिरामि  संक्रमणमुक्त भएर घर फर्किएका  छन्।  आज  डिस्चार्ज हुनेमा १ सय ५८ जना पुरूष छन् भने १८ जना महिला छन् ।  यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या १ हजार ५ सय ७८ जना पुगेको छ।  कुल डिस्चार्ज हुनेहरूमा  १ हजार ४ सय ३७ जना पुरूष छन् भने १ सय ४१ जना महिला रहेका छन् ।  
यस्तै  ७४ वटा जिल्लामा संक्रमण फैलिसकेकाे  मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये २२ जनाको मृत्यु भइसकेको छ।