काठमाडाैं - नेपालमा बिहिबार राति थप ३ जनामा कोरोना संक्रमण देखिएकाे छ। याेसँगै बिहिबार काेराेना संक्रमणकाे संख्या ३० पुगेकाे छ भने जम्मा संक्रमितको संख्या ४ सय ५७ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाे।
३ संक्रमित मध्ये कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षीय पुरुष, बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षीय पुरुष र खजुरा– ३ की ४२ वर्षीय महिला रहेका छन्।