नेपालमा कोरोना संक्रमितहरुको संख्या ३२ पुगेको छ। मगंलबार उदयपुरका एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार नयाँ संक्रमित ३३ वर्षिय पुरुष हुन्।
यसअघि उदयपुरमा भेटिएका १३ जना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्ने क्रममा नै थप १ जना भेटिएका हुन्। कन्ट्याक्ट ट्रेसिङ गरिएका अझै केहि व्यक्तिहरुको परिक्षण बाँकी रहेको मन्त्रालयका प्रवक्ता बिकाश देवकोटाले जानकारी दिएका छन्।