भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाले विभिन्न दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेकालाई आफूले खरिद गरेर औषधि वितरण गरेको छ। लकडाउनका कारण औषधि ल्याउन समस्यामा परेका करिव ८० जना विरामीलाई सःशुल्क औषधि वितरण गरिएको सो पालिकाले जनाएको छ।
गाउँपालिकाले त्यस्ता बिरामीले प्रयोग गरिरहेको औषधिको विवरण सङ्कलन गरेर औषधि ल्याएको हो। गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक मातृकाप्रसाद आचार्यलाई गाउँपालिकाले ‘भ्रमण अनुमति’ उपलब्ध गराइएपछि औषधि खरिद भएको हो। रासस