काठमाडौं- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराएको छ।
कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिम न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका बीच आआफ्ना ठाउँबाट स्रोतसाधनको अधिकतम उपयोगद्वारा हरसम्भव प्रयास भइरहेको सभापति खड्काद्वारा आज यहाँ जारी सो ध्यानाकर्षणपत्रमा उल्लेख छ।
रौतहट जिल्ला अस्पतालमा हालसम्म पनि आइसोलेसन वार्डको व्यवस्था नभएको जनाउँदै उनले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गरेको छ। सो अस्पतालको क्षमता ५० श्ययाको रहेको जनाइएको छ। (रासस)