एजेन्सी– हलिउड नायक टोम हान्क्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना संक्रमण देखिएको छ। उनीहरुले बुधबार बेलुकी यस बारे जानकारी दिएका हुन्।
हाल उनीहरु नयाँ चलचित्रको छायांकनको लागि अष्ट्रेलियामा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेको छ। उनीहरुले जनतालाई कोरोना भाइरसको बिषयमा सचेत रहन र ध्यान दिन समेत आग्रह गरेका छन्। शरीर दुख्ने, जाडो हुने जस्ता लक्षण महशुस गरेका कारण उनीहरुले कोरोना परिक्षण गराएका थिए। परिक्षण गराउँदा उनीहरुको रिपोर्ट काेराेना पाेजेटिभ आएकाे थियो।
हान्क्सले सामाजिक संजालमा लेखेका छन–‘नमस्कार, म र रीता अहिले अष्ट्रेलियामा छौँ। हामीले थकित महशुस गर्यौ, हामीलाई चिसो लागेको थियो र शरीर पनि दुखेको थियो । त्यसपछि हामीले कोरोना भाइरस परिक्षण गर्यौ। जुन पोजेटिभ देखिएको छ।’