एजेन्सी– १ सय २४ मुलुकमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ जना पुगेको छ भने यो भाइरसबाट १ लाख २६ हजार ३ सय ६९ संक्रमित छन्।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोनाबाट हाल सम्म पनि चीन नै बढी प्रभावित रहेको छ। ३ हजार १ सय ६९ जना चिनियाँ नागरिकले यो नोवल कोरोना भाइरसबाट ज्यान गुमाएका छन्। ८० हजार ७ सय ९२ जना संक्रमित छन्।
दक्षिण कोरियामा थप ६ जनाको मृत्यु भएसंगै त्यहा ज्यान गुमायनेको संख्या ६६ जना पुगेकाे छ। त्यस्तै बिहिबार थप १ सय १४ जनामा कारोना पोजेटिभ देखिए पछि संक्रमितको संख्या ७ हजार ८ सय ६९ पुगेको छ।
चीनपछि बढी प्रभावित राष्ट्र इटालीमा कोरोना भाइरसको कारण ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण देखिएको छ। इटाली पछि इरानमा धेरै संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यहा हालसम्म ९ हजार संक्रमित छन् भने ३ सय ५४ जनाको मृत्यु भएको छ।
मिसिसिपिमा पहिलो पटक एक जनामा कारोनाको संक्रमण भएको पुष्टि भएको छ।अमेरिकाको बास्केटबल खेलाडी उताहा जाजमा पनि कोरोनाको संक्रमित भएको पुष्टि भएको छ।