एजेन्सी– विश्वभर महामारिकाे रूपमा फैलिएको कोरोना भाइरसको कारण मर्नेहरुको संख्या ४ हजार ३ सय ८१ पुगेको छ। त्यस्तै कोरोनाबाट संक्रमितको संख्या एक लाख २१ हजार ३ सय ६६ पुगेको छ।
कोरोनाको संक्रमणबाट चीनमा सबैभन्दा बढी ३१ सय ५८ जनाको ज्यान गएको छ भने इटालीमा ६ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै इरानमा ३ सय ५४ जना, दक्षिण कोरियामा ६१ जना, स्पेनमा ४९ जना, फ्रान्समा ३३ जना, अमेरिकामा ३१ जना, जापानमा १२ जनाको ज्यान गइसकेको छ।
