काठमाण्डौ २० माघ । आक्रामक शुरुवात गरेको युएईले पहिलो विकेट गुमाएको छ । पहिलो बलदेखी आक्रामक रुपमा प्रस्तुत भएको युएईका अस्फाक अहमद ८ रन बनाएर आउट भएका हुन् । साेमपाल कामीले उनकाे वीकेट िलए ।
यसअघि २ घण्टा ढिलो शुरु भएपछि १० ओभरमा छोट्याइएको खेलमा नेपालले युएईसामु १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले १० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको हो ।
लगातार विकेट पतनको बावजुद नेपालले तिब्र गतीमा रन जोडेको थियो । नेपालका लागि सन्दिप जोराले आक्रामक व्याटिङ गर्दै ११ बलमा ३ छक्काको मदतमा २८ रन बनाएर आउट भए । त्यस्तै बिनोद भण्डारीले १३ बलमा १ छक्का र दुई चौकाको मदतमा २१ र कप्तान पारस खड्काले २९ रन बनाएका थिए ।