काठमाडौं – व्याचलरको नक्कली सर्टिफिकेट बनाएर कामदार भिसामा जापान पुगेका एकजना पक्राउ परेका छन्।
चितवन निवासी दाहाल थर भएका उनलाई जापानको साईतामा प्रीफ़ेक्चरको कुमागाया वार्डबाट बिहान पक्राउ गरिएको हो।
जापानस्थित नेपालीले दिएको जानकारी अनुसार उनी ३ अगाड़ी महीना स्नातकको नक्कली सर्टिफिकेट बनाएर कामदार भिसामा जापान पुगेका थिए।
नक्कली कागजातसहति भिसा प्रक्रियाका लागी उनले १३ लाख रुपैयाँ तिरेर जापान पुगेको बताइएको छ। साईतामा केनको कुमागाया शी को एउटा रिसाईकल कम्पनीमा कामदारको रूपमा उनले काम गर्दै आएका थिए। उनलाई जापानीज भाषाको समेत राम्रो ज्ञान नभएको बताइएको छ।
पछील्लो समय जापान अध्यागमन विभागले त्रीभुवन विश्वविद्यालयको आधिकारिक वेभसाईटमा रजिस्ट्रेसन नम्बर राखेर सक्कली वा नक्कली छानविन गरीरहेको अवस्था छ । घटनाको प्रकृती अनुसार नक्कली कागजात बनाई जापान जान सहयोग गर्ने मध्यस्तकर्ता समेत कारवाहीको दायरामा आउने जानकारी दिइएको छ।
सामान्यतया नक्कली सर्टिफिकेट प्रयोग गरी जापान गएको र जापान प्रहरीले नक्कली सर्टिफिकेट भनी छानविन गरी पक्राऊ गरेको अवस्थामा ३ महीना हिरासत राखेर डिपोर्ट गर्ने नियम रहेको छ।