धनगढी । अभिनेता पूर्ण विक्रम शाह (पल) सार्वजनिक कार्यक्रममा व्यस्त देखिएका छन् । विभिन्न जिल्लामा भइरहेको मेला महोत्सवमा पललाई यति वेला भ्याइ न भ्याई छ ।
यही क्रममा पल शाह कैलालीको सुखडमा आउने भएका छन् । घोडाघोडी १ सुखडमा हुन लागेको घोडाघोडी साङ्गीतिक उत्सव २०८० मा पल शाहको समेत उपस्थिति रहने आयोजक आभास सञ्चार कम्पनी प्रालीले जनाएको छ । वैशाख ९ गते शाहको उपस्थिति रहने कार्यक्रम संयोजक प्रकाश मिश्रले जानकारी दिए ।
वैशाख ७ देखी १० गते सम्म सुखडको हेली प्याडमा हुने उत्सवमा शाह सहित अभिनेता पुष्प खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टङ्क तिमिल्सेना र हेम राज थापा लगायतको प्रस्तुति रहनेछन् ।
![May be an image of 6 people, sunglasses and text](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t39.30808-6/338915167_928181338208863_7597526429303873466_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=Z2iCtk0j16MAX9nAuju&_nc_ht=scontent.fktm19-1.fna&oh=00_AfCKsnaft7rG66Hw4d0LEl0yFgZZ_2u0LMBxwF4ncgMb-Q&oe=642ABBE9)