रूपन्देही । लुम्बिनी प्रदेशसभामा नेकपा एमालेले तुलसी चौधरीलाई प्रमुख सचेतकको रुपमा चयन गरेको छ।
बुधबार नेकपा एमालेको दाङको देउखुरीमा बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको प्रमुख सचेतकमा चौधरी र सचेतकमा दाङकी रेखा शर्मालाई चयन गरेको हो ।
चौधरी रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ (१)बाट दोस्रो पटक निर्वाचित हुन् । उनी यसअघि मन्त्रीका दावेदारको रुपमा चिनिएका थिए । रेखा शर्मा भने समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।