काठमाडौं। काठमाडौं उपत्यकामा बर्डफ्लू संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा बर्डफ्लू संक्रमण पुष्टि भएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार बर्डफ्लू संक्रमण पुष्टि भएका स्थानमा रहेका पन्छी नष्ट गरिएको छ।
नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको छ।