काठमाडौं। एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्।
शुक्रबार दिउँसो भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो। डिभाइडरमा ठोक्किएको गाडीको अगाडिको भागमा सामान्य क्षति भएको छ।
उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनले अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी दिएका छन्।