म्यानचेस्टर युनाईटेड इएफएल(काराबाओ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।बुधबारराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले पराजित गर्दै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो।
यसअघि युनाईटेडले पहिलो लेगमा ३-० को जित निकालेको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले समान एक-एक गोल गरेपछि युनाईटेड सहज रुपमा फाइनलमा पुगेको हो।
दोस्रो लेगमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा युनाईटेडले गोलको डेडलक तोडेको थियो।
७३ औँ मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाउँदा तीन् मिनेट पछिनै फ्रेडले गोल गर्दै युनाईटेड अग्रता दोब्बर बनाए।अब युनाईटेडले उपाधिका लागि न्युकासलसँग प्रतिस्पर्धा गर्ने छ।