धनुषा । धनुषा प्रहरीको हिरासतबाटै आइतबार राति ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन्।
विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरू थुनुवा घरको पर्खाल तोडेर फरार भएको मधेश प्रदेश प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिएका छन् । उनका अनुसार धुनुवाको खोजीकार्य भइरहेको छ ।
