काठमाडौं। प्रधानमन्त्री प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीले शपथ लिने भएका छन्।
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री शपथ लिने भएका हुन्।
लामिछानेले गृह र पौडेलले अर्थ मन्त्रालय पाउने सम्भावना रहे पनि श्रेष्ठको मन्त्रालय टुंगो लागेको छैन।
प्रधानमन्त्री प्रचण्डसँगै लामिछाने, पौडेले र श्रेष्ठले आज ४ बजे उपप्रधानमन्त्रीको शपथ लिनेछन्।
मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनको बैठक अहिले जारी छ।
राप्रपा र नागरिक उन्मिुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेका छन्।