काठमाडौँ । नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी आइतबार नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
सो क्रममा दुई नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । यस्तै सो क्रममा भुसालले निर्वाचनमा विजयी भएकामा नेपाललाई बधाई तथा शुभकामना पनि दिएका थिए ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले भुसाललाई टिकट दिएको थिएन। त्यसपछि उनले एमाले परित्याग गर्दै सत्ता गठबन्धनको सहयोगमा रुपन्देही १ बाट निर्वाचन लडेका थिए । तर, उनी एमालेकै उम्मेदवारसँग पराजित भएका थिए ।