पोखरा । अन्तर्घात गरेको भन्दै काङ्रेसका युवाहरुले आफ्नै नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कास्की जिल्लाका निवर्तमान सभापती कृष्ण केसीविरुद्ध नारावाजी गरेका हुन् ।
पोखरा महानगर १३ बाझापाटनम झण्डासहित उपस्थित भएका युवाले केसीविरुद्ध नारावाजी गरेका हुन् । युवाहरुले कृष्ण केसी मुर्दावाद, अन्तरधाती मुर्दावाद नारा लगाएका थिए । कास्कीका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्रनम्बर १ मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो।
सो क्षेत्रमा कांग्रेस कास्कीका सभापति समेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । उम्मेदवार हार्ने निश्चित भइसके पछि कांग्रेसमा अन्तरघात भएको चर्चा चल्न थालेको छ । कृष्ण केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै माइला निकट समूहले नाराबाजी गरेको बताइएको छ ।
कास्की मादी गाउँपालिकाका सभापति यम गुरुङले दिउँसो फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको बताएका छन् । सो क्षेत्रमा एमालेका उम्मेदवार मनबहादुर गुरुङ विजय उन्मुख छन् ।
कास्कीमा एक प्रतिनिधि सभा र चीन प्रदेश सभा सदस्यका लागि कांग्रेसले उम्मेदवार उठाएकोमा कास्की २ (२) का उम्मेदवार विन्दु थापाले जित निकालेका छन् । क्षेत्रनम्बर ३ (२) मा प्रकाश बराल नेकपा एमालेका उम्मेदवार राजिव पहारीले पछी पारेका छन् ।