काठमाडौं। चितवन–२ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।
उनलाई कांग्रेसका उमेश श्रेष्ठले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा छन्।
इच्छाकामनाका गाउँपालिकाको मतगणना सकिएको छ। यो ग्रामीण क्षेत्रको पालिका हो।
अब भरतपुर महानगरपालिका कालिका नगरपालिकाको मतगणना सुरु हुँदैछ। अब तल्लो भेग तथा शहरी क्षेत्रको मतगणना भएपछि रविले अग्रता लिने उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले दाबी गरे।
ढकालका अनुसारअहिले गणना भइरहेको कालिका नगरपालिका–१ को मतगणना गर्दा लगातार ८० मत घण्टीले पाएको छ।
त्यहँ ६०० मत गन्दा लामिछानेले ३८४ भोट पाएका छन्। ढकालले लेखेका छन्, ‘अब चमत्कार हुने वाला छ।’
अब सार्वजनिक गरिने मतपरिणाममा लामिछानेले अग्रता लिने अनुमान गरिएको छ।
यसअघिसम्मको मतपरिणाम
कृष्णभक्त पोखरेल (सुर्य)– ३६२३
उमेश श्रेष्ठ (कांग्रेस)– ३२१६
रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)– २९७८