काठमाडौँ । पछिल्लो ४८ घण्टामा एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । चाडपर्व नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो । उपत्यकाका विभिन्न नाकाबाट उनीहरू बाहिरिएका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार यो अवधिमा ९० हजार ८५६ जना काठमाडौं उपत्यकामा भित्रिएका छन् ।
यो वर्ष बडादसैँका लागि २० लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।