भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ ।मोहालीमा गएराति भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भएको हो ।भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।दुई देशबीचको दोस्रो टि–२० पर्सि शुक्रबार र तेस्रो तथा अन्तिम टि–२० आइतबार हुनेछ ।