काठमाडौं। सार्वजनिक यातायातको भाडा बढेको छ।
नेपाल आयल निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै शुक्रबार यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो।
यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ३.३ प्रतिशत र तराईको बोटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.७ प्रतिशतले बढाइएको विभागले जनाएको छ।
बढाइएको भाडा आजैदेखि लागू हुनेछ।
कुन रुटको कति ? हेर्न यहाँ क्लिक गर्नुहोस्ः