बाराका विभिन्न स्थानमा दुई पक्षबीच झडप भएको छ । पचतौरा नगरपालिका र देवताल गाउँपालिकामा झडप भएको प्रहरीले जनाएको छ ।
त्यहाँ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।
मतदान सुरु भएको केहीबेरमै झडप भएको थियो । झडपपछि अहिले उक्त स्थानमा सहमतिको प्रयास जारी रहेको र मतदान गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।