पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली युवा ब्याटर रोहितकुमार पौडेलले शतक पूरा गरेका छन् ।
उनले ९१ बलमा ७ चौका र २ छक्काको मद्दतमा शतक पूरा गरेका हुन् । पौडेलले करिअरको पहिलो शतक प्रहार गरेका हुन् ।
यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। नेपालका लागि पहिलो शतकको कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ। पारसले सन् २०१९ मा युएईविरूद्ध शतक हिर्काउँदै नेपालका लागि पहिलो एकदिवसीय शतकको कीर्तिमान बनाएका थिए। सो खेलमा पारसले ११५ रन प्रहार गरेका थिए।
नेपालका तर्फबाट सर्वाधिक एकदिवसीय रन बनाउने क्रममा रोहितले शुक्रबार पिएनजीविरूद्ध ३८ रन जोड्दै उनले ५०० रनको कोशेढुंगा पूरा गरे । उनले १६औं ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन् ।
आजकै खेलमा उनले पाँचौं अर्धशतक पुर्याएका छन् । यसअघि रोहित र ज्ञानेन्द्र मल्लले सर्वाधिक ४–४ अर्धशतक बनाएका थिए । अब ज्ञानेन्द्रललाई रोहितले पछि पारेका छन् ।
२९३ रनको लक्ष्य पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४४ ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको छ । १२० रनमा रोहित अविजित छन् ।