काठमाडौँ नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'पल्सर स्पोर्ट्स अवार्ड' मा दशककै महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घोषित भएकी छिन् ।
रबाट सम्मानित भएकी हुन् ।सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताएकी छिन् ।
यस्तै उनले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएकी छिन् । उनी राष्ट्रिय टोली, घरेलु लिगमा धेरैजसो प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै आएकी छिन् । देशमा मात्र नभएर सावित्राले भारतीय लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।
सावित्रालाई 'साम्बा'को नामले पनि चिनिन्छ । प्रायः खेलेका सबै खेलमा गोल गर्दै आएकी उनलाई ‘गोल मेशिन’ पनि भन्ने गरिन्छ ।