संयुक्त राष्ट्रसङ्घमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन्।
अतिक्रमणको निन्दा गर्दै उनीहरूले युक्रेनबाट तत्काल आफ्ना फौज फिर्ता गर्न रुसलाई आग्रह गरेका छन्।
एउटा विरल सत्रमा दुई दिन चलेको बहसपछि गरिएको मतदानमा विपक्षमा चाहिँ पाँचवटा देश मात्रै उभिए।
ती देशमा सिरिया र उत्तर कोरियालगायत छन्। मतदान प्रक्रियामा चीन र भारतसहित ३५ वटा देश अनुपस्थित रहे।