संयुक्त राष्ट्रसङ्घले दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेको जनाएको छ।
सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।
बीबीसीका लुवीस गुडलका अनुसार सन् २०१५मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए।
युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ।
राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन् ।