मन्त्रिपरिषद् बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरी पारित गरेको छ ।
आइतबार साँझ संसद् भवनमा ३ मिनेट बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरी पारित गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
संसद् बैठक केहीबेरमा बस्दैछ । मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक घोषणा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् । त्यसपछि एमसीसी पारित हुनेछ ।