प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टा स्थगित गरेका हुन् ।
यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरुले धारणा राखेका थिए ।
अब अर्को बैठक साढे ६ बजे बस्नेछ । उक्त बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्नेछ ।
प्रतिनिधि सभा बैठकअघि मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद् भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ । गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसद्मा अनुमोदनका लागि लगिनेछ ।