छिमेकी देश भारत लगायत विभिन्न देशमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । कोरोनाकै कारण स्वदेश फर्किने सङ्ख्या पनि दिनहुँ बढ्दै गएका बेला भारत पस्नेको सङ्ख्या पनि कमी छैन् ।
![No description available.](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t1.15752-9/271965411_823088868559197_2139663486306572050_n.jpg?_nc_cat=104&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=GfIImjwNoZwAX8TLg0m&_nc_ht=scontent.fkep2-1.fna&oh=03_AVIUmbPnjNO3vF1-xP0Ko5is_srQsZ21Tiy9QmscDQ6DEA&oe=62159379)
यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न सहर जाने क्रम निकै बढेको हो । अहिले यहाँको मुख्य नाका गौरीफन्टाबाट भारत पस्नेको दिनहुँ भिड लाग्ने गरेको छ ।
![No description available.](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t1.15752-9/271833731_310506944340489_130625051948153127_n.jpg?_nc_cat=102&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=IYTq0glxsNAAX_goLPx&_nc_ht=scontent.fkep2-1.fna&oh=03_AVLx69qNQNewqfdGzteJlx5v0aI8qqQD-GcTkWulCkIaTA&oe=6216B089)
कोरोना महामारी कै बिच दैनिक सयौँ सुदूरपश्चिमेलीहरु भारत पस्न थालेका छन् । स्वदेशमा रोजगारीका कुनै पनि अवसर नभएपछि फेरि ज्यानको बाजी राखेर भारत जानुपर्ने बाध्यता भएको उनीहरूको दुखेसो छ । गाउँमा बस्दा रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेपछि आफूहरू मुग्लान पस्नु पर्ने बाध्यता आएको आएको उनीहरू बताउँछन् ।
![No description available.](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t1.15752-9/271719783_264993682385286_5513116100309378283_n.jpg?_nc_cat=111&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=0tyYl3VAy3sAX9Ydnld&_nc_ht=scontent.fkep2-1.fna&oh=03_AVKM61BH429rBIsp1oUIz0MLppatCK5U0LC_dXN3sQ295g&oe=621507C3)
सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने परम्परा छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेको पाइएको एक तत्थ्याङ्कले देखाएको छ ।
![No description available.](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t1.15752-9/271798323_888160455185398_5869913258211269435_n.jpg?_nc_cat=107&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=A-8B_0gxkMAAX-3DLeF&_nc_ht=scontent.fkep2-1.fna&oh=03_AVKrEjgHLzCFkfy-jisoQc3pqSJPI4ZkQHJ3uc6yyaocgQ&oe=6216A22E)