छोरीहरुको शिक्षामा पहुंच बढाउन ल्याईएको ‘बेटी पढाउ, बेटी बचाउ’ योजना मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकाश मन्त्रालयमा सारिएको छ ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सञ्चालन गर्दै आएको उक्त योजना अन्तर्गत छोरीहरुलाई वितरण गरिने साईकल खरिदमा व्यापक अनियमितता भएको आरोप लागेपछी मुख्यमन्त्री गद्दीले योजनालाई अर्को मन्त्रालयमा सारेका हुन ।
सो योजना अन्तर्गत प्रदेश २ को सबै बिधालमा कक्षा ८ मा पढ्ने छात्रालाई एक–एक थान साईकल वितरण गर्ने गरिएको छ ।
यसअघी वितरण गर्नका खरीद गरिएको साइकलमा व्यापक आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित क्षेत्रीय कार्यालयले मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।
अख्तियारले छापा मारेको केही दिनमै मन्त्रिपरिषद बैठकले यो कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।
अब भने सो योजना सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्ने छ । मन्त्रालयले सो सम्बन्धी कार्ययोजना बनाएर अभियान अगाडी बढाउने सामाजिक बिकाश मन्त्रालयले जनाएको छ ।
हिजो बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषदको बैठकले सो कार्यविधि पारित समेत गरेको श्रोतले जनाएको छ । यथापी सो निर्णयलाई सार्वजनिक गरिएको छैन् ।
साईकल खरिद गर्दा तोकिएभन्दा अधिक मुल्यमा आफ्ना नजदिकी सप्लायरलाई टेण्डर पारेको भन्दै मुख्यमन्त्री बिरुद्ध उनुरु परेपछी अख्तियारले छापामारी गरी सो–सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।
केहिदि अगाडी मात्रै अख्तियारको बर्दिबास स्थित क्षेत्रिय कार्यालयका प्रमुखले प्रारम्भिक अनुन्ंधानमा साईकल खरिदमा अनियमितता भएको देखिएको जानकारी गराएका थिए ।
मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने योजनामै भ्रष्टाचार भएपछी मुख्यमन्त्री गद्दीको चौतर्पिm आलोचना भईरहेको छ ।
प्रदेश २ को प्रमुख प्रतिपक्षी दलले मुख्यमन्त्रीको राजिनामा समेत माग गरेको छ । अनुसन्धानलाई प्रभावित नगर्न मुख्यमन्त्री गद्दीले राजिनामा दिएर मार्ग प्रसस्त गर्न प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले प्रदेशसभामै माग गरिसकेका छन् ।