काठमाडौँ शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।
दशरथ रङ्गशालामा आज आइतवार भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।
मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।
भोलि सोमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटीबीच खेल हुनेछ ।