देशकै आर्थिक नगरिको रुपमा चिन्हित बिरगञ्ज उपमहानगरपालिकाका मेयर बिजय कुमार सरावगीले जनता समाजवादी पार्टी छोड्ने बताएका छन् ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट बिरगञ्ज महानगरपालिकाको मेयर जितेका सरावगीले बिहिवार जसपा पर्साको बिस्तारित बैठकमा यस्तो बताएका हुन् ।
पार्टी प्रवेश गर्दा अध्यक्ष उपेन्द्र यादवले आफुलाई केन्द्रिय सदस्य बनाउने बाचा गरेको तर हालसम्म कुनै जिम्मेवारी नदिएको भन्दै सरावगीले बार्टीमा बस्न नसक्ने बताए ।
‘पैसा चाहिने बेला मात्रै मलाई कुनै बैठकमा बोलाईन्छ’, सरावगीले भने– ‘अन्य बेला मलाई बाईकाट गरिन्छ, मसंग कार्यकर्ता समेत टासिन दिईन्न ।’
पार्टि अध्यक्ष उपेन्द्र यादवकै कारण जसपा पर्सामा भाडभैलो भएको भन्दै सरावगीले पार्टीमा आफ्नो कुनै जिम्मेवारी नै नभए त्यहां बसिरहने आवश्यक्ता नभएको बताए ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सरावगीले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले आफुसंग धोखा गरेको आरोप समेत लगाए ।
‘केन्द्रिय सदस्य बनाउने सहमतिमा म पार्टीमा आएको हो, तर बनाईएन’, उनले भने– ‘उल्टै म ईण्डिया गएकोबेला बिना जानकारी प्रदेशको कोषाध्यक्ष पदबाट पनि हटाईयो ।’
पर्सा जिल्लामा वडा सदस्य हारेका व्यक्तिलाई पार्टीको केन्द्रिय सदस्य बनाउने तर महानगरपालिकाका मेयरलाई जिम्मेवारिबिहिन बनाउनु पार्टी नेतृत्वको अकर्मण्यताको उदहारण भएको समेत उनले बताए ।
सधैभरी आन्दोलनबाट आएको पार्टी भन्ने तर कांग्रेस, एमालेजस्तो पार्टी कहिले बन्ने ? प्रश्न गर्दै सरावगीले भने– ‘नेतृत्ववर्गको चम्चागिरी गर्नेहरुलाई जिम्मेवारी पाईन्छ तर काम गर्नेलाई कुनै भुमिकामा राखिदैन ।’
प्रदेश २ को एकमात्रै महानगरपालिकाको मेयर सरावगीले पहिला पनि २ पटक पार्टीबाट राजिनामा गरिसकेका छन् । श्रोतका अनुसार अहिले उनि कांग्रेस निकट नेताहरुको सम्पर्कमा छन् ।