सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । उक्त सहमतिसँगै खानले आमरण अनसन तोडेकी छन् । उनका माग सम्बोधन गर्न सरकारले गृह न्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् ।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन हिँडेर काठमाडौँ आएको थियो । काठमाण्डु आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन् ।