उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पतालमा भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
दमको समस्या बढेपछि उनका उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उनको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उनका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उहाँ ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।