नेकपा एमालेको विधान महाधिवेशनले संगठनात्मक तथा राजनीतिक विधान संशोधनको मस्यौदा सर्वसम्मतले पारित गरेको छ ।
ललितपुरको गोदावरीमा शुक्रबारबाट शुरु भएको एमालेको पहिलो विधान महाधिवेशनले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमा उठाइएका प्रश्नहरूको जवाफ नेताहरूले दिएपछि प्रस्ताव सर्वसम्मत पारित गरिएको हो ।
यसैगरी १७ बुँदे समसामयिक राजनीति प्रतिवेदन पनि पारित भएको छ । विधान महाधिवेशनले १० औँ महाधिवेशनका लागि बिजय सुब्बको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।