काठमाडौं — विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।
नेपालले अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो ।
नेपालका लागि सन्दीप लामिछान र करण केसीले ४/४ शरद भेषवाकरले २ विकेट दिए ।
८ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै २५ रन खर्चे । ८ दशमलव १ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चे ।
शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । ओडिआइ क्रिकेटमा शरदले पहिलो विकेट लिएका हुन् ।
ओमानका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर छुन सके । कप्तान जेशन मक्सुदले ४१, ओपनर जतिन्दर सिंहले १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन बनाए ।
आजको खेल मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा अन्तिम रहेकाले नेपाली टोली उनलाई सुखद् विदाई दिने लक्ष्यमा छ ।
नेपालले आज प्लेइङ ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले गुल्सन झा र कुशल मल्ललाई विश्राम दिएर शरद भेषावकर र आरिफ शेखलाई प्लेइङ ११ मा समावेश गरेको छ ।
नेपालले जारी श्रृंखलामा तीन म्याच खेल्दा एकमा जित र दुई खेलमा हारको सामना गरेको छ ।
नेपालको प्लेइङ—११ः आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, आरिफ शेख, शरद भेषवाकर, विनोद भण्डारी