आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेदेखि सुरू भएको थियो ।
यसैबीच नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् ।
यसअघि नेपालले पहिलो ओभरको दोस्रो बलमै एक विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल शुन्य रनमै आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म नेपालले १२ ओभरमा दुई विकेट गुमाएर ५९ रन बनाएको छ ।