पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० गर्दा ९३५ मा संक्रमण देखिएको हाे।
याे सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ। मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
यस्तै ६८६ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।