प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्न निर्देशन दिएका हुन् ।
तत्कालीन केपी ओली सरकारले २०७७ माघ २७ गते शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । काम सन्तोषजनक नभएको ठहर गर्दै देउवाले उनलाई हटाउन निर्देशन दिएका हुन् ।
देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन आग्रह गरेका छन् ।