निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । अब जम्मा ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ ।
आयोगले खारेज गरेको प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवानासमेत तोकेको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु सदस्यहरु आयोगमा दर्ता कामय रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने समेत निर्णय गरेको छ ।
साथै, दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक वर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् ।
