एउटा महिला थिइन। उनलाई एकदमै धेरै रिस उठ्थ्यो। उनको त्यो बानीले परिवार नै तनावमा थियो। ती महिलाका कारण घरमा झगडाको माहोल बनिरहन्थ्यो।
एकदिन ती महिलाको घरमा एकजना साधु आए। महिलाले ती साधुलाई आफ्नो समस्या सुनाइन। उनले भनिन्, ‘महाराज, मलाई एकदम धेरै रिस उठ्छ म चाहेर पनि आफ्नो रिस नियन्त्रण गर्न सक्दिन। कुनै उपाय दिनुहोस।’
साधुले आफ्नो झोलाबाट एउटा दबाईको सिसी निकाल्छन्। अनी महिलालाई दिदै भन्छन्, ‘तीमीलाई जब–जब रिस उठ्छ तब–तब यसबाट चार थोपा आफ्नो जिब्रोमा राख्नु। १० मिनटसम्म दबाई मुखमै राख्नु त्यतिञ्जेल आफ्नो मुख नखोल्नु। मुख खोल्यौ भने दबाईको असर हुदैन।’
ती महिलाले साधुको सल्लाहअनुसार दबाईको प्रयोग गर्न शुरु गरिन। ७ दिनमै दबाईको असर देखिन थाल्यो। उसको रिसाउने बानी छुट्यो।
सात दिनपछी ती साधु फेरी महिलाको घरमा आए। महिलाले बढो सत्कार गरेर साधुलाई कुर्सीमा बसाईन र भनिन्, ‘महाराज तपाईको औषधीले मेरो रिस गायब बनाईदियो। अब मलाई रिस उठ्दैन। मेरो परिवारमा शान्ति छाएको छ।’
साधुले महिलाको मुखमा हेरेर मुस्कुराउदैँ भन्छन्, ‘त्यो दबाई थिएन। त्यो सिसीमा त केवल पानीमात्र थियो। रिसको औषधी केवल चुप बसेर मात्र गर्न सकिन्छ। किनभने मान्छेले रिसमा उल्टासिधा बोल्छ। जसले गर्दा बिवाद झन बढेर जान्छ। त्यसैले क्रोधको औषधी मौनता मात्र हो।’