काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित गरेको छ। बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदित भएको हो। बैठक पश्चातै संसदीय दलको बैठक बस्नेछ र औपचारिक रूपमा बालेन्द्र शाहलाई दलको नेता चयन गर्ने प्रक्रिया पूरा गरिने बताइएको छ।