कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ।
विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यस पटक होम सेन्टरबाटै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।
बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएको, तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिने तयारी गरीएको छ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ।