अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल लेख आइतबार विहान हुनेछ ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
टाइब्रेकरमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए । कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके ।
अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे।